चिनियाँ राष्ट्रपति सि र इजिप्टका राष्ट्रपति शिशीबीच भेटवार्ता

बेइजिङ, १६ भदौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र इजिप्टका राष्ट्रपति अब्देल फताह ल शिशीबीच बुधबार भेटवार्ता भएको छ ।

उहाँहरुबीच बुधबार चिनियाँ सहर बेइजिङमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । उहाँहरुबीच दुई देशबीचका अपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको समाचारमा जनाइएको छ ।

बेइजिङमा मनाउन लागिएको ७० औँ विजय दिवसका लागि उहाँ हाल चीन पुग्नुभएको हो । त्यस क्रममा उहाँले चिनियाँ राष्ट्रपतिलाई चीन र इजिप्टबीचको सम्बन्ध सुमधुर र पुरानो रहेको चर्चा गर्नुभयो ।

राष्ट्रपति शिशीले इजिप्ट र चीनबीच मानवीय सहायता, सैनिक सहयोग, स्थानीय विकास र समन्वय लगायतका विभिन्न क्षेत्रमा आपसी सहयोग रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति शिशीले चीनको ७० औं विजय दिवसका अवसरमा बिहीबार आयोजना हुने विशेष सैनिक परेडमा आफू पनि सहभागी हुन पाउनु ठूलो गौरवको कुरा हो भन्नुभयो ।

चीनमा बिहीबार विशेष परेड हुदैछ । सो परेडमा विश्वका ३० देशका नेताको सहभागिता हुने छ । त्यसमध्ये शिशी पनि एक हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।