झडपमा १८ तालिवानको मृत्यु

काबुल, १६ भदौ । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको सिन्दान्द जिल्लामा तालिवानका नयाँ प्रमुख मुल्लाह अख्तार मुहमद मन्सुरका  समर्थक र विरोधीबीच मङ्गलबारदेखि सुरु भएको झडपको कारण कम्तीमा पनि १८ जना आतङ्ककारी मारिएका छन ।

Mullah Akhtar Mohammad Mansour, Taliban militants' new leader, is seen in this undated handout photograph by the Taliban. At the Taliban meeting this week where Mullah Akhtar Mohammad Mansour was named as the Islamist militant group's new head, several senior figures in the movement, including the son and brother of late leader Mullah Omar, walked out in protest.     REUTERS/Taliban Handout/Handout via Reuters
 मुल्लाह अख्तार मुहमद मन्सुर

अफगानिस्तनको राजधानी काबुलबाट ६४० किलदोमिटर पश्चिममा पर्ने उक्त जिल्लामा सो झडप भएको बताइएको छ ।
सो झडपमा परी समर्थक र विरोधी दुबै तर्फगरी १८ व्यक्ति मारिनुका साथै दश जना घाइते भएका अफगानिस्तानको स्थानीय  टेलिभिजनले जनाएको छ ।
झडप बुधबार बिहानसम्म नै जारी रहेको पनि स्थानीय अधिकारीले बताएका सो टेलिभिजनले जानकारी दिएको छ ।
गत हप्तादेखि हालसम्म नयाँ प्रमुख मुल्लाह अख्तार समर्थक र विरोधीबीचको झडप यो तेस्रो पटक भएको जनाइएको छ ।

गत जुलाईको अन्त्यमा तालिवान प्रमुख मुल्लाह मोहमद ओमारको मृत्यु भएको पुष्टि भए
पछि मुल्लाह अख्तार मन्सुरलाई प्रमुखका रुपमा घोषणा गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।