हाम्रो सगरमाथा : आकाश अधिकारी (गीत)

हाम्रो सगरमाथा : आकाश अधिकारी (गीत)

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।

स्वाभिमानी नेपालीको गौरवमय गाथा
सुन्दर, शान्त, बुद्ध भूमि शिरमा सगरमाथा

पहाड भरि गुराँस फूल्छ हिमालमा हिउँ
मधेस, तराई सून फलाउछ उपमा के दिउँ !
हेलम्बु र मुस्ताङको स्याउका दाना राता
संसारकै अग्लो छाना सुन्दर सगरमाथा
स्वाभिमानी ‘‘‘!!

हिउँ खोली र नदीनाला सुसाउँदै बग्छन्
अन्धकार हटाउनलाई बिजुली भै बल्छन
मान्छेसंग प्राकृतिको बलियो छ नाता !
दुनियाँमा चिनाउने हाम्रो सगरमाथा!
स्वाभिमानी !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।