चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगितामा प्रदिप, राजवीर र प्रणव विजयी

चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगितामा प्रदिप, राजवीर र प्रणव विजयी

कपन अनलाइन
काठमाडौं, कात्तिक ७।
प्रदिप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार जित हात पारेका छन् ।
ह्याट्रिक उपाधि जित्ने अभियानमा रहेका प्रदिपले प्रीतम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप दोश्रो र तेश्रो संस्करणका उपाधि विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई ६–० र ६–२ तथा प्रणवले विपुलविभोर अधिकारीलाई ६–० र ६–० को सोझो सेटमा हराए । सोही स्पर्धामा प्रणव मानन्धरले निजेज महर्जनलाई ६–० र ६–०, आयुशमान हजुर घलेले निश्चल कायश्थलाई ६–० र ६–३, निहालजंगबहादुर थापाले प्रणव वैद्यलाई ६–१ र ६–० तथा ऋतिक राणाले बोरिस अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाए ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, इलम दीक्षित, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन, सन्तोष खत्री र कुमार तामाङ विजयी भए । सोही उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यात, देव क्षेत्री र दीप राणा, कमलबहादुर भण्डारी र यज्ञ भण्डारी तथा इलम र जितेन्द्रको जोडीले जित हात पारे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे, मनोजविक्रम शाह, उत्तम शेर्पा र कमल थापा विजयी   भए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, छेवाङ लामा र सुमित मैनाली, सुरज श्रेष्ठ र सुरेश श्रेष्ठ तथा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीले सफलता पाए । ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणा तथा मनोज राणा र प्रकाश बोगटीको जोडी ले जित हासिल गरे । ५५ वर्षमाथि पुरुष डबल्समा राम राणा र उत्तम बोगटीले प्रतिद्वन्द्वीबाट वाकओभर पाए ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–८ गल्र्स सिंगल्समा निम्ति कुँवर र अमिरा गुप्ता फाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा कायन चालिसे र तोनिश श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । यु–१२ गल्र्स सिंगल्समा आयुशा जिसी, सरा पन्त, मेरिशा थापा र अनुश्री धोजुले जित हात पारे ।

तपाइँको प्रतिक्रिया ।