अति सर्वत्र वर्जयतेःराजेशमान के.सी. (निबन्ध)

अति सर्वत्र वर्जयतेःराजेशमान के.सी. (निबन्ध)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।
हाम्रो नेपाली समाजमा एउटा अत्यन्त प्रचलित संस्कुति उखान छ–अति सर्वत्र वर्जयेतेः । अर्थात अति सबैतिर वर्जित हुन्छ । अंग्रेजीमा पनि भनिएको छ भ्हअभकक ष्क दबम ष्ल भखभचथतजष्लन । त्यसो त ठट्टैठट्टामा हामी पनि भन्ने गर्दछौँ – “ओभर भयो भने गोवर हुन्छ” भनेर । यी सबै भन्नुको अर्थ यही हो कि जुनसुकै कुरा पनि अति भयो भने त्यसको असर निश्चित रुपमा नकारात्मक हुन पुग्दछ । त्यसैले यो “अति” बाट बच्नु हामीले नितान्त आवश्यक छ । खासगरी मानव जीवनका तीन महत्वपूर्ण पक्षहरु छन्–बोल्ने, खाने र खर्च गर्ने । यी तीन कुराहरुलाई मर्यादित सीमाभित्र राख्न सकेको खण्डमा नै हामी आप्mनो जीवनलाई बढी उपयोगी र सारपूर्ण तुल्याउन सक्नेछौँ ।
अब प्रश्न उठ्न सक्छ । उसो भए खाँदै नखाई भोकभोकै बस्ने त ? अथवा आधा पेट मात्रै खाने त ? बोल्दै नबोलेर दोबाटोमा ठड्याइएको मूर्ति जस्तो चुप लागेर मात्रै बसिरहने त ? अनि खर्च भनेको ठ्याम्मै नगरी मखीचुस नै बन्ने त ? होइन, त्यसो होइन । अति नबोल्नु भन्नुको मतलव हो आप्mनो वाण्ीमा संयम् राख्नु । अर्थात् अनर्गल प्रलापबाट टाढा रहनु । अति नखानु भन्नुको तात्पर्य हो शरीरको आवश्यकता अनुसार उचित मात्रामा खानु र अनि अति खर्च नगर्नु भन्नुको अर्थ हो आप्mनो आयस्रोत वा आम्दानीको अनुपात हेरेर खर्च गर्नु । अथवा यसो भनौँ “घाँटी हेरेर हाड निल्नु” । कतिपय व्यक्तिहरु यस्ता हुन्छन् जो बोल्न पायो भने यति बोल्छन् कि उनीहरुलाई अरुको कुरा सुन्ने पूmर्सद नै हुँदैन । ठाउँ न कुठाउँ जुन बेला पनि भट्ट्याएको छ, भट्ट्याएको छ । खान पायो भने यति खान्छन् कि उनीहरुको त्यो भूँडी हो कि गोदाम हो थाहा हुँदैन । खाएको छ, खाएको छ । त्यस्तै कति व्यक्तिहरु खर्च गर्न पायो भने यति खर्च गर्दछन् कि उनीहरुलाई आप्mनो आम्दानीको भन्दा औकात नाघेको समेत पत्तो हुँदैन ।
यसरी मर्यादाको सीमा नाघेर गरिने जुनसुकै काम कुराले पनि हामीलाई समस्याको यस्तो भूमरीमा पुर्याईदिन सक्छ जहाँबाट उम्कन हामीलाई निकै कठीन पर्दछ । रामायणकै एउटा सानो दृष्टान्त प्रस्तुत गरौँ न हामी । आप्mना देवर लक्ष्मणले कोरिदिएको सीमारेखा अर्थात् लक्ष्मण रेखालाई उलंघन गरिदिँदा सीता जस्ती एउटी आदर्श र पतिपरायण नारीले समेत रावण जस्तो एउटा दानवीय पुरुषबाट अपहरित हुनु पर्यो । परिणामस्वरुप मर्यादा पुरुषोत्तम रामले आप्mनो धर्मपत्नीलाई रावणको पञ्जाबाट मुक्त गर्न त्यत्रो कठीन धर्म युद्ध गर्नु पर्यो । यही कारणले एउटा सामान्य धोवीले आदर्श नारी सीताको चरित्रमाथि नकारात्मक टीकाटिप्पणी गरेको कुरा सुनेपछि मर्यादा पुरुषोत्तम रामले त्यसलाई प्रजाको आवाज वा गुनासोको रुपमा ग्रहण गर्नु राजा वा राज्य प्रमुखको मुख्ये कर्तव्य ठानी आप्mनी धर्मपत्नी सीता पवित्र छिन् भन्ने थाहा हुँदाहुँदै पनि अग्नि परीक्षा लिनु परेको र पत्नी सीताले पनि पति रामको त्यो तथ्यगत यथार्थतालाई ह्रदयंगम गरी दृढतापूवृक अग्निकुण्डमा हाम फालेर आप्mनो पवित्रता प्रमाणित गरेकी थिइन् भनी विश्व प्रतिष्ठित धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको हामी पाउँछौँ । यसबाट हामीलाई यही कुराको बोध हुन्छ कि हरेक कुराको आप्mनो एउटा मर्यादित सीमा हुन्छ र त्यो मर्यादाको सीमाभित्र रहेर हामीले चल्ने गर्नु पर्दछ ।
त्यसो त आजकाल ठूलठूला लम्बेचौडे गफ गरेर आप्mनो पण्डित्याईँ देखाउन खोज्नु एक किसिमको फेशनै जस्तो भइसकेको छ । हामी विभिन्न कार्यक्रम अथवा सभा समारोहमा जाँदा पनि कतिपय वक्ताहरु यस्ता हुन्छन् जसले माइक्रोफोन हातमा लिएपछि छोड्नै जान्दैन । अरुको रुची र समयको उसले ख्यालै गरेको हुँदैन अथवा भनौँ एक किसिमबाट बुझ पचाइरहेको हुन्छ । तर ठूलठूला गफ छाँट्दैमा अथवा चाहिने भन्दा बढी आप्mनो पण्डित्याईँ दर्शाउँदैमा कुनै पनि मानिस ठूलो हुने त होइन । कुरा र भाषण छाँटेकै भरमाा मात्र कुनै कुराको उपलविध हुने भए आज हामी नेपालीको जीवनस्तर धेरै माथि पुगिसकेको हुने थियो । किन हामीले आज पर्यन्त पनि विश्वको दरिद्रतम मुलुक भनेर चिनिनु पर्ने थियो र? यथार्थमा मानिस ठूलो बन्न त असल कर्म नै गर्नु पर्छ, पुरुषार्थ नै गर्नु पर्छ । आज संसारमा जति पनि सफल व्यक्तिहरु छन् ती सबै कुरा र भाषणले भन्दा पनि कामले नै ठूला भएका हुन् । आप्mनो अटुट मेहनत र लगनशीलताबाट नै महान बनेका हुन् । यसै क्रममा एकजना प्रसिद्ध जर्मनी विद्धान हिगलले पनि भनेका छन् – “मानिस आप्mनो कर्मबाटै परिचित हुन्छ” । साँच्चै भन्ने हो भने ज्यादा बोल्ने व्यक्तिले त आप्mनो विश्वास पनि गुमाउने गर्दछ । किनकि यस्तो व्यक्तिलाई स्वभावतः धेरैले विश्वास गरेको हुँदैन । उल्टो त्यस्तो फटाहाको पनि कुरा गर्नु भनेर उसको पछिल्तिर कुरा पो काट्न थाल्छन् त१ त्यति मात्र नभएर ज्यादा बोल्ने व्यक्तिले आप्mनो मात्र नभएर अरुको समय पनि नष्ट पारिरहेको हुन्छ । जबकि मानव जीवनमा समय भन्दा बहुमूल्य कुरा कुनै हुँदैन । अंग्रेजीमा एउटा भनाई पनि छ – क्ष ःयलभथ ष्क यिकत, लयतजष्लन ष्क यिकत। क्ष ज्भबतिज ष्क यिकत, कयmभतजष्लन ष्क यिकत। द्यगत ष त्ष्mभ ष्क यिकत, भखभचथतजष्लन ष्क यिकत । हुन पनि रुपैयाँ–पैसा भन्ने कुरा एकपटक गुमेको खण्डमा फेरि पनि कमाउन सकिन्छ । स्वास्थ्य विग्रेको खण्डमा पनि औषधोपचारद्धारा ठीक हुन सकिन्छ । तर समय एकपटक गुमेपछि त गुम्यो, गुम्यो । लाख कोशिस गरेपनि त्यो गुमिसकेको समयलाई फेरि फर्काउन सकिन्न । त्यसैले समयको महत्वलाई ख्याल गरेर पनि हामीले अनर्गल वाणी र अनुत्पादक बादविबादबाट टाढा रहनु पर्ने हुन्छ ।
त्यस्तै आवश्यक भन्दा बढी खानु पनि स्वास्थ्यको दृष्टिले हितकर मानिँदैन । अधिकांश चिकित्सकहरुको भनाई त के रहेको छ भने धेरै जसाो रोगहरु कम खानाले होइन अधिक खानाले उत्पन्न हुने गर्दछ । अधिक खाने गर्नु स्वास्थ्यको दृष्टिले अहितकर हुने मात्र होइन यसबाट मानिसको कार्यकुशलता क्षीण हुने, आलस्य बढ्ने र एक किसिमको भारीपनको महशुस भई शरीरमा शिथिलता समेत आउने गर्दछ । त्यसकारण यदि हामीले खानको लागि बाँचेको होइन बाँच्नको लागि खाएको हो भन्ने धारणा राख्ने हो भने उचित मात्रामा खाएर शरीरलाई स्वस्थ र सन्तुलित बनाइराख्ने चेष्टा गर्नु पर्दछ ।
खर्चको सम्बन्धमा पनि आप्mनो औकातको ख्याल नराखी खर्च गर्ने गरेमा परिणाम दुष्कर हुन पुग्दछ । आप्mनो आम्दानीको अनुपात नहेरी केवल अरुको देखासिकीमा परी अन्धाधुन्ध खर्च गर्ने प्रवृत्तिले उधारो लिने आदत बढ्दछ । यसबाट पारिवारिक समस्या त जर्जर हुन्छ नै हाम्रो मानसिक शान्ति पनि भङ्ग हुन पुग्दछ । यसकारण सकिन्छ भने हामीले आप्mनो आम्दानीको अनुपाततमा खर्च यस किसिमले गर्नु पर्दछ कि आम्दानीको केही भाग वचत समेत गर्न सकियोस् । यसबाट हामी भविष्यमा आइपर्ने सम्भावित आर्थिक संकटबाट समेत धेरै हदसम्म बच्न सक्तछौँ ।
त्यसैले हामीले यदि आप्mनो जीवनरुपी गाडीलाई सही र सुरक्षित रुपमा संचालन गर्ने हो भने अहिले देखि नै उचित मात्रामा बोल्ने, खाने र खर्च गर्ने आदत बसाल्नु उपयुक्त होला कि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।