बा को सम्झनामा : युबिप कुवर (कविता )

बा को सम्झनामा : युबिप कुवर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

कुन शब्दले वर्णन गरुँ
आफै शव्दले भरिएको शब्द बा
मेरो बा को भाग्यमा म
अनि मेरो भाग्यमा मेरा बा
कुन दिन दुःखी कुन दिन खुशी
छुट्याउन सक्दिन म
हरदिन हररात मेरो सामु नदि जस्तै
सदावहार हुनुहुन्छ मेरा बा
मबाट छुटेर पर बस्नुपरे
रुनुहुन्छ मेरा बा
मेरो भविष्यको सपना बोकेर
घरबाट राजधानी होइन
परदेश हुनुहुन्छ मेरा बा
म सानो हँुदा मसँग सुत्ने
मेरा बाको छाती
म ठूलो भएर अझै चौडा बनाउनु छ बा
मेरो छोरा फलानो हो भन्ने हुनेछु बा
मेरै लागि घर दैल्होको जागिर छोडी
परदेश रोज्नुहुन्छ मेरा बा
आफ्ना खुशी कहाँ छुटे भनी पछि नफर्कि
मेरै खुशीका लागि दिनरात नभनी
खट्नुहुन्छ मेरा बा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।