पीडाको दशैँ : सुरेशचन्द्र घिमिरे (कविता )

पीडाको दशैँ : सुरेशचन्द्र घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।
१) मन्दिर जाउँ
नवदुर्गा सबैमा
आसिक पाउँ
२) दशैँ मान्यता
पछिल्लो समयमा
छायो शून्यता
३) कोही सहर
गाउँको रौनकमा
भयो कहर
४) असोजे झरी
दर्दनाक बनायो
बिर्सुँ के गरि
५) प्रकृति जाग्छ
जति चिन्ता गरे नि
कस्को के लाग्छ
६) चाड ठान्नेछन्
सहानुभूति दिउँ
दशैँ मान्नेछन्
७) सौम्य बनाउँ
आफ्नो दुःख बिर्सेर
दशैँ मनाऔँ
८) रूँदैछिन् आमा
खसी काट्छन् कोहीले
कोही चिन्तामा
९) मुख दशैँमा
कुनै दैवीप्रकोप
नहोस् कसैमा
१०) मेरो चाहना
एकासी यो दशैँको
शुभकामना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।