चोभार थुनियो भने के गर्ने होला ?

चोभार थुनियो भने के गर्ने होला ?

कपन अनलाइन
काठमाडौं, असोज १२।

काठमाण्डौ उपत्यकाका नदी तथा खोलाहरुको एक मात्र निकासका रुपमा चोभार रहेको छ। काठमाण्डौ उपत्यकामा रहेका जतिपनि नदीहरु छन ति सबै एकीकृत बनेर तराई क्षेत्रमा प्रवेस गर्ने बिन्दुका रुपमा रहेको चोभारको गल्छी अहिले बाढीको बितण्डामा परेको छ।

किर्तिपुर नगरपालिका  वडा नं. ६ मा  रागेको सो स्थान धार्मिक र पर्यटकीय रुपमा निकै चर्चामा रहदै आएको छ भने यसका पछाडी विभिन्न किम्बदन्तीहरु समेत रहेका छन।

चोभारको मुख्य आकर्षणमा मंजुश्री पार्क, मन्जुश्री गुफा , संसारकै सबै भन्दा अग्लो मंजुश्रीको प्रतिमा, ऎतिहासिक चोभार गल्छी, नेपालाको पहिलो पुरातात्विक झोलुङ्गे पुल, जलविनायक मन्दिर, आनान्धादी लोकेश्वर (आदिनाथ) मन्दिर, जालपादेवी मन्दिर रहेका छन।

यस आलेखमा सो क्षेत्रको धार्मिक र पर्यटकीय विसेषताको बयान गर्नुभन्दा पनि यहाँबाट हुने नदीहरुको निकासका बारेमा सम्बन्धित निकायले सोच्नुपर्ने विषयका बारेमा चर्चा गरिएको छ।

प्राकृतिक विपत्ति संग जुधिरहेको काठमाण्डौ उपत्यकाको पानी निकास हुने एकमात्र बिन्दुमा कुनै ठुलो दुर्घटना भएर निकास थुनियो भने के गर्ने ? भन्ने विषय अहिले निकै सोचनीय रहेको छ।

अविरल वर्षाले काठमाण्डौका विभिन्न क्षेत्र जलमग्न बनेका छन भने एकमात्र निकास रहेको चोभार क्षेत्रमा पनि पानीको सतह निकै बढेर आसपासका क्षेत्रलाई जोखिममा पारेको छ।

निकै सानो गल्छी रहेको क्षेत्रबाट पानी निकासमा समस्या भइरहेको भन्दै स्थानीयहरुले बताउदै आएका छन भने कुनै दैवी प्रकोप परेर सो क्षेत्र थुनिएको खण्डमा काठमाण्डौ उपत्यका नै डुवानमा पर्न सक्ने तर्फ सरकार र सरोकारवाला निकायले गम्भीर बन्नुपर्ने माग समेत गरेका छन।

सम्भावित खतरा र त्यसको निराकरणका लागि हालसम्म सरकार र सरोकारवाला पक्षले कुनै पनि तयारी नगरेकोमा आक्रोस र आश्चर्य व्यक्त गर्दै स्थानीयहरुले यथासिघ्र कुनै न कुनै तयारी गर्नका लागि आग्रह समेत गरेका छन।

निरन्तरको बाढी र जलप्रवाहका कारण किनारका डाँडामा पहिरो जान सक्ने र नदी थुनिन सक्ने खतरा तर्फ सचेत बन्दै आपतकालीन सुरक्षा र तयारी गर्न सरकारलाई आग्रह गर्दै स्थानीयहरुले आगामी दिनमा  कुनै ठुलो घटना भएमा सरकार जिम्मेवार हुनुपर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।