१६ औं काठमाडौं म्याराथनमा न्युजिल्यान्डका जोनाह स्मिथ पहिलो

१६ औं काठमाडौं म्याराथनमा  न्युजिल्यान्डका जोनाह स्मिथ पहिलो

कपन अनलाइन
काठमाडौं, असोज १३।
न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् ।
विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले पूर्व निर्धारित समय अनुसार नै म्याराथन सन्चालन गरिएको थियो ।
पुरुष म्याराथनमा नेपालका नरेन्द्र रावल दोस्रो र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भएका छन् । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ सेकेन्ड र किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।
हाफ म्याराथनको महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत विजयी भएका छन् ।
पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन् । अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन् ।
नरेन्द्रले १ घन्टा १२ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । राजेन्द्र तामाङ (१ घन्टा १४ मिनेट ०२ सेकेन्ड) दोस्रो र विज्ञान गुरुङ (१ घन्टा १६ मिनेट २६ सेकेन्ड) तेस्रो भएका हुन् ।
५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर विजयी भए । उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे । ५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डमा दौड पूरा गर्दै विजयी भए ।
५ किलोमिटर स्कुल गल्र्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की विजयी भए । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।
म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले ३ घन्टा १३ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।