“सहकारी- साधारणसभा- मोहीमा आकर्षण”

“सहकारी- साधारणसभा- मोहीमा आकर्षण”
कपन अनलाइन
काठमाडौं, असोज १२।
 लुम्बिनी विशिष्टकृत सहकारी संस्था लिमिटेड तिलोत्तमा -६, पश्चिम पहुनी, रुपन्देहीद्वारा स्थापना गरिएको डेरी उद्योगले मोही प्रवर्धन कार्यक्रम गरिरहेको छ।
“स्थानीय उत्पादनको उपभोग गरौँ, नेपाली भएकोमा गर्व गरौं” भन्ने नारालाई आत्मसाथ गर्दै आफ्ना ४१ सदस्य संस्थाहरूको साधारणसभा असोज १२ देखि १९ गतेसम्म पालैपालो हुने र सो संस्थाको साधारणसभामा आफ्ना शेयर सदस्यहरूलाई लुस्कुन ब्रान्डको मोही खुवाई मोहीको प्रवर्द्धन गर्न लागिएको कुरा सहकारीकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी गराउनुभयो । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान यसरी देशव्यापी भएको र आम उपभोक्ताको प्रथम रोजाइमा परेको देख्दा र सुन्दा आफू अत्यन्तै खुसी भएको कुरा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए ।
डेरी उद्योगको परीक्षण सञ्चालन गरेको समयमा उत्पादित दहीको मोही बनाई वितरण गर्दा उपस्थित सबैले प्रशंसा गरेकाले मोहीको उपभोग राम्रो हुने र यो सबैको चासोको विषय भएको कुरा सो सहकारी डेरी स्थापना गर्दाका डेरी कन्सल्टेन्ट, डेरी विज्ञ एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोज यादवले बताए ।
सहकारीका विभिन्न शाखामा हुने असोज १२ देखि १९ गतेसम्मको साधारणसभामा उपस्थित हुने सबै शेयर सदस्यहरूलाई मोही खुवाउने र प्रवर्धन गर्न अहिलेसम्म सहकारीमा १२ देखि १५ हजार लिटर मोहीको अर्डर आइसकेको डेरी उद्योगकी कर्मचारी मिना छिदीले जानकारी गराईन ।
हाल देशभरी दैनिक करिब २ लाख ५० हजार लिटर मोहि बिक्री हुने कुरा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए ।
तपाइँको प्रतिक्रिया ।