सुसेलीहरु : सुशील आचार्य (कविता )

सुसेलीहरु : सुशील आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, असोज १२।

बालाको हक
सुनाउँदै छु म त
ल है त पख ।

खाने लाउने
झोला बोकि स्कुलमा
पढ्न पाउँने ।

पोषिलो खाना
स्वास्थ्य उपचारको
कुरा नी जान ।

लौ टोलभर
बल हक चेतना
प्रचार गर ।

सुन साथी हो
बाल हक सुचना
दिए जाती भो ।

बालवालिका
मौका दिए विकास
गर्छन् पालिका

लौ कुरा सुन
बालवालिका हुन् है
तारा र जुन ।

कुरा छ सहि
बाल विकास गरौं
लौ एक भई ।

राखौं साथमा
हाम्रो भविष्य छ है
उन्कै साथमा ।

कुरा बुझ्नुहोस्
बाल विकास गर्न
कुरा गरौं ठोस् ।

ल हिडीहालौं
बाल विकास गर्ने
काम नै थालौं ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।