नाति : कमला श्रेष्ठ (कविता )

नाति : कमला श्रेष्ठ (कविता )

कपन अनलाइन
काठमाडौं, असोज १२।
सानो सानो मेरो नाति छुनुमुनु खेल्ने ।
खेलाउदै खेलौनालाई योके भनि सोध्ने ।
सानो सानो छनी ऊ भयो दुई वर्ष
उस्को जिज्ञाशालाई देख्दा मनमा लाग्छ हषर््ा ।

खेलौनाको फलहरु देखाउदै सोध्छ
वाटर मिलन पाईनपल आफै भन्न थाल्छ ।
तोतेबोलि सुन्दा उस्को सारै खुशी लाग्छ
उस्लाई देख्दा लाग्छ मलाई भगबानकै बाश छ ।

साना साना गाडीसँग ऊ खेल्न थाल्छ
गाडी जब कुदन थाल्छ खुशिले उफ्रिन्छ ।
खेलौना र पशुपन्छी नाम सोध्छ मलाई
फेरि ऊ भन्न थाल्छ बर्ड कार देखाई ।

एबि सि डी मिलउछ कार्ड बोडमहा
वन टु थ्री फोर भन्न थाल्छ तोते बोलिमहा ।
ताजुब लाग्छ मलाई उस्को हरेक हाउ भाउ देख्दा
फेरि मलाई माया गरी आएर मुसार्दा ।
मलाई उस्ले माया गर्दा ईशोर जस्तो लाग्छ
मन मेरो आनन्दित भै हषर््ाले आखा रसाउछ ।
छुनुमुनु खेल्दै ऊ बोल्दै पनि जान्छ
जिराफ जेबरा लाईन मंकि ऊ भन्न थाल्छ ।

अचम्मको बाल क्रिडा भगबानको रुप
सानो बच्चा भईकन स्मरण शक्ती तेज छ ।
सोच्छु मैले भोलि यिनी कसतो होला भनि
पूmल जस्तै महकियोस उस्को जिन्दगानी ।

उन्नतिको टाकुरामा ऊ पुग्न सकोस् ।
धन मान ऐश्वर्यले भरीपुण होवस् ।
चिरञ्जिबी होवस ऊ सुख शान्ति हवस
भगबानले सदा उसलाई रक्षा गरी रहोस ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।