चार मुक्तक : नवशिला

चार मुक्तक : नवशिला

कपन अनलाइन
काठमाडौं, असोज १२।
न भाग्यले साथ दियो न त आफ्ना जाती भए
न छिमेकी असल भए न त साथी, साथी भए
हाँसो लुटे खुसी खोसे मुहारको चमक लुटे,
मुखले सधैँ ठिक्क पारे आफन्तनै घाती भए ।।१।।

नचाईँदो र अनेकथरि गाउँदै हिँड्छौ तिमी
जलगैंडाले जस्तै मुख बाउँदै हिँड्छौ तिमी
के चाहिँ खाई’देकोछु तिम्रो खेदो खन्नलाई,
र यसरी मेरो कुरा लाउँदै हिँड्छौ तिमी ? ।।२।।

धरोधर्म मेरा देवता बा’को कुरा गरेको हुँ
उनैबाट आशिर्वाद पा’को कुरा गरेको हुँ
कसम खान्छु कहिल्यै’नि झुठो बोल्दिन म,
बिश्वास गर्नुस् मैले त भा’को कुरा गरेको हुँ ।।३।।

गनगन गर्छन् आजभोली आफ्नै भन्नेहरु
बोल्दैनन् हौ दिल खोली आफ्नै भन्नेहरु
शत्रु जस्तो ब्यहवार गर्छन् लगाई धारे हात,
दिन खोज्छन् बिष घोली आफ्नै भन्नेहरु ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।