गजल :लक्ष्मी स्मृति

गजल :लक्ष्मी स्मृति

कपन अनलाइन
काठमाडौं, असोज १२।
मिल्न सक्छ भन्दै तिम्रो आभास हेरिरहन्छु ।
पाउछु कि लाग्छ तिमीलाई खास हेरिरहन्छु ।

जोडी पन्छी सँगसँगै रहेको साह्रै राम्रो लाग्छ
उडेर जाने बाटो खुल्ला आकास हेरिरहन्छु ।

कस्तो हुन्छ यो जिन्दगी पनि बाको अभावमा
गल्लीमा रुदैँछ त्यो बच्चो एकनास हेरिरहब्छु ।

अमर छैनन् कोहि,डर कति छ मर्न मान्छेलाई
छुदैनन् अघि आफन्तकै होस् लास हेरिरहन्छु ।

आफ्नो भने स्मृति जलेर खरानी भैसक्यो यता
यादै गर्दैन छेउमै बहिरहेको बतास हेरिरहन्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।