आयोजक स्ट्यागको १९ अंक

आयोजक स्ट्यागको १९ अंक

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।
आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को पहिलो दिन सोमबार १९ अंक जोडेको छ ।
लैनचौनस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिसले १३, होप्स टेबलटेनिस एकेडेमीले १२, सिजन– १ को उपविजेता नेपाल प्रहरी क्लबले ९ र ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लबले ३ अंक जोडेका छन् । नेपाल एपीएफ क्लब र रेड टाइल्सको समान २–२ अंक छ । स्ट्यागले २ खेलेको छ भने बाँकी सबैले समान १–१ खेल खेलेका छन् ।
प्रतियोगितामा ७ टिमको सहभागी छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २–२ पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्ने छन् । एक सेट जितका लागि २ अंक दिने प्रावधान छ ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका सह–प्रायोजक सुमन खड्गीले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०–५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।