रमेश लामाको नेतृत्वमा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन

रमेश लामाको नेतृत्वमा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन

कपन अनलाइन
काठमाडौं, भदौ २३ ।
रमेश लामाको नेतृत्वमा नेपाल वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन भएको छ ।
नागार्जुनस्थित रानीवन बुद्धचोकमा शनिबार नागार्जुन शाखा डोजो संघको भेलाले लामाको नेतृत्वमा नौं सदस्यीय कार्यसमिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा रविला लामा, सचिवमा उमाकान्त उपाध्याय, कोषाध्यक्षमा सञ्जय लामालाई चुनेको छ । यस्तै, सदस्यमा नवराज लामा, रिनेश लामा, यादव रायमाझी, रोहन पुतुवार र अजित पुतुवारलाई कार्यभार सुम्पिएको छ ।
कार्यक्रममा सहभागी खेलाडी र सिनियर प्रशिक्षक लामाले विशेष खेल प्रदर्शन गरेका थिए । सो भेलामा प्रमुख अतिथि नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, विशेष अतिथि वडा १ का अध्यक्ष रामेश्वर लामा, ओलम्पियन संगीना वैद्य, सिनियर प्रशिक्षक सञ्जय लामालगायत अन्य अतिथिको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले नागार्जुन नगरभित्र रहेका बालबालिकालाई लक्षित गर्दै खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए । ‘२१औं शताब्दीमा बालबालिका विभिन्न अनलाइन गेममा व्यस्त हुने गरेका छन् । शारीरिक रूपमा पनि बलियो बनाउन र स्वस्थ बनाउन यो खेललाई जोड दिनुपर्ने छ,’ उनले भने ।

तपाइँको प्रतिक्रिया ।