बुढानिलकण्ठ शैक्षिक मंचको तीज नृत्य प्रतियोगिता सम्पन्न, को को बने विजेता ?

बुढानिलकण्ठ शैक्षिक मंचको तीज नृत्य प्रतियोगिता सम्पन्न, को को बने विजेता ?

कपन अनलाइन
काठमाडौं, भदौ २०।

बुढानिलकण्ठ शैक्षिक मंचको आयोजनामा पाचौ अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका स्तरीय सो प्रतियोगितामा नगरपालिकाका विभिन्न विद्यालयहरुको सहभागिता रहेको थियो।

उक्त प्रतियोगितमा नव ज्ञानभुमी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो भने हिमालय बोर्डिंग हाई स्कुल दितीय बनेको थियो। त्यस्तै फेरील्याण्ड स्कुलले तृतीय स्थान प्राप्त गरेको सो नृत्य प्रतियोगितामा फ्युजन एकेडेमी र सेन्ट जोसेफ इंग्लिस एकेडेमीले चौथो स्थान हासिल गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन सत्रमा पुरस्कार वितरण गरिएको सो प्रतियोगितामा,रिलायन्स इन्टरनेसनल एकेडेमी,हेल्लो किड्स एकेडेमी,मदर क्यासल स्कुल ,ट्रुंगग्राम इन्टरनेसनल एकेडेमी,जुगल नव गुरुकुल,ज्ञान चक्षु इंग्लिस स्कुल र जन उद्धार माविले क्रमस पाचौ ,छैटौ ,सातौ ,आठौ ,नवौ ,दसौ ,एघारौ र बाह्रौ स्थान पाएको मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले जानकारी दिएका छन।

उक्त प्रतियोगितामा सहभागी विद्यालय सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमी तथा जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।