यन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गत विभिन्न क्लवहरु र नेपाली कांग्रेस बुढानिलकण्ठ-८ तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

यन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गत विभिन्न क्लवहरु र नेपाली कांग्रेस बुढानिलकण्ठ-८ तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन
काठमाडौं, भदौ २०।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गत एरिया १ मा रहेका जोन १ ,२ ,३ र ४ मा रहेका विभिन्न क्लवहरु र नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ८ इकाई समितिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको अनिता मिलन एकेडेमीमा भएको सो स्वास्थ्य सिविरमा विद्यार्थी र स्थानीयहरु सहित ३४९ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ डी का डिस्ट्रिक गभर्नर सुरेन्द्र पकाश बलाय ,फर्स्ट भाइस डिस्ट्रिक गभर्नर महेश आचार्य, प्रदेस सभा सदस्य मिना पराजुली, पुर्व प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ,क्षत्रिय सभापति श्याम कृष्ण संगत,प्रदेश सभापति राम प्रसाद लुइँटेल  ,नगर सभापति राजाराम बुडाथोकी , बिनोद चालिसे र इकाईसभापति  राजाराम थापा लगायतको उपस्थितिमा भएको सो स्वास्थ्य सिविरमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग रहेको थियो ।

उक्त अवसरमा अनिता मिलन एकेडेमीका २८० जना विद्यार्थीहरुलाई  ९०० थान कपी , १०० थान कलम ,  ३००थान पेन्सिल ,  ३०० थान शार्पनर  र  ३०० थान इरेजर  एरिया कोअर्डिनेटर बिरेन्द्र प्रकाश श्रेष्ठ र रिजन चेयर पर्सन सैलेन्द्र कुमार जैनले स्कुलकाप्रिन्सिपललाई हस्तान्तरण गरेको नेपाली कांग्रेस बुढानिलकण्ठका सह सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार खड्काले जानकारी दिएका छन।

नगरपालिकाका अन्य स्थानहरुमा समेत विभिन्न स्वास्थ्य सिविरहरु नियमित रुपमा आयोजना गरिएको जानकरी दिदै लायन्स क्लवका  जोन चेयर पर्सन समेत रहेका खड्काले आगामी दिनमा पनि स्वास्थ्य सिविर लगायतका सामाजिक गतिविधि गर्ने बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।