जेभियर इन्टरनेसनल कलेजको विजयी सुरुआत

जेभियर इन्टरनेसनल कलेजको  विजयी सुरुआत

कपन अनलाइन
काठमाडौं, भदौ १७।
जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले पराजित ग¥यो । जेभियरकी पेमा डोमा शेर्पाले १३ अंक जोडिन् ।
सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाएपनि जितका लागि पर्याप्त भएन ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन ग¥यो ।
ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पाखा लगायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि प¥यो । चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पा¥यो ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको  छ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल भदौ २२ गते हुनेछ ।

तपाइँको प्रतिक्रिया ।