टेबलटेनिस संघ र ३६१ डिग्रीबीच सम्झौता

टेबलटेनिस संघ र ३६१ डिग्रीबीच सम्झौता

कपन अनलाइन
काठमाडौं, भदौ १७।
अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक विक्रेता ३६१ डिग्री सर्व सिद्धी इम्पेक्स प्रा.लि. का बीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्ने छ ।
टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र प्रा.लि. का निर्देशक सरोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिइयो ।
एसियाली टेबलटेनिसमा २ खेलाडी ः
एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।
पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए । दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

तपाइँको प्रतिक्रिया ।