१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा फेरिल्यान्ड र इबीए सफल

१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा फेरिल्यान्ड र इबीए सफल

कपन अनलाइन
काठमाडौं, भदौ ४ ।
फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले पराजित ग¥यो । फेरिल्यान्डकी अलिथिया तामाङले ८ अंक बटुलिन् । इबीएले अद्वितीयलाई १२–६ ले हरायो । इबीएकी मेणुका मगरले ८ स्कोर गरिन् । सोही स्पर्धामा संस्कृति शिक्षा सदनले एक्टिभलाई १६–१४ ले पाखा लगायो । संस्कृतिकी सुहाना खड्काले ६ अंक जोडिन् ।
सिनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमीले ब्रेनल्यान्डलाई २९–१९, टीआईएले कन्स्टिलेसनलाई ३१–१९, हिमालयनले नव दीक्षीतलाई २६–२२, नेसनल युनाइटेडले बीएनएलाई ३२–२२,  शुभकामनाले भद्रकालीलाई ४०–३३ र संस्कृति शिक्षा सदनले सेवा सदनलाई २६–२२ ले पन्छाए । लालीगुराँसका रिडम उपाध्यायले १९, टीआईएका कृष ओलीले १२, हिमालयनका अरुण कार्कीले ११, नेसनल युनाइटेडका मनीष राउतले १२, शुभकामनाका सुशानले १५ र संस्कृति शिक्षा सदनका रमन गुरुङले १४ अंक जोडे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ३५–२२, इबीएले संस्कारलाई १७–८ र हिमरश्मिले तेजस्वीलाई २९–१५ ले पराजित गरे । गोल्डेनपिकका भुवन मण्डलले १०, इबीएका आदित्य श्रेष्ठले ४ र हिमरश्मिका सविन लामाले १५ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।