१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा पारामाउन्ट र ज्ञानभूमिको जित

१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा  पारामाउन्ट र ज्ञानभूमिको जित

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

पारामाउन्ट र नव ज्ञानभूमिले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार हात पारेका छन् ।
पारामाउन्टले एचएचसीएलाई ३०–२० ले पराजित ग¥यो । पारामाउन्टको जितमा निश्चल नेपालले १० अंक योगदान गरे । विकास कुमारको १२ अंक सहयोगमा नव ज्ञानभूमिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २०–१२ ले हरायो ।
जुनियर ब्वाइजमै सत्य साइले स्किब्सलाई १७–११, एन्जल्स हार्टले टीआईएलाई ३१–२१ र गोल्डेनपिकले फ्लोरोसेन्टलाई ३१–२३ ले पाखा लगाए। सत्य साइका शुभम् पाण्डेले ६, एन्जल्स हार्टका अदित पुनले १० र गोल्डेनपिकका अमन गुरुङले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा एचएचसीएले केभीकेएसएसलाई ५५–४४, टीआईएले तेजस्वीलाई ५६–४८ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ब्रेन्डल्यान्डलाई ३७–२८ ले पन्छाए । एचएचसीएका अनिश सक्सेनाले २२, टीआईएका रोशन नगरकोटीले २० र बीएनएका छत्र अधिकारीले १७ अंक बटुले ।
सिनियर गल्र्समा सत्य साइले हिमरश्मिमाथि ११–१० तथा तेजस्वीले प्रारम्भमाथि २४–१० को जित दर्ता गरे । सत्य साइकी आकृति यादवले ६ तथा तेजस्वीकी एस्टर बरुवालले १० अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।