सत्कर्म : गीता मिश्र पुडासैनी (कविता )

सत्कर्म :  गीता मिश्र पुडासैनी (कविता )

कपन अनलाइन
काठमाडौं, साउन १२।
मनैमा छन् ईश्वर हेरत मनको आँखा खोलेर
सत्यबोलन, किन अपवित्र बन्छौ तिमी
अरुलाइ अपशब्द बोलेर
नगर्नु भेदभाव दिनदुखी माथी
कहिल्यै नि भुलेर
भ्रमितहुँदै गल्ती गर्दछौं नि हामी
भगवान्ले देख्दैन कि भनेर
तर हेक्का राखे, ईश्वर त
दिन् दुखिको झुपडीमा पनि पुग्छन् हावासगै डुलेर ।
दान, धर्म, व्रतसँगै प्राणी जगतको माया गर
मनैदेखि खुलेर
तब ईश्वरको कृपा दृष्टि पर्नेछ तिमीलाई
अनिलाखौं र हज्जारौंबाट चुनेर ।
त्यसैले मनुष्यको चोलामा सतमार्गमा हिँडौ
अनि सत्कर्म गरौं आफ्नै मनमा आफैंले गुनेर
बस,यति गर तिम्रो गलामा फुलको माला पहिराइ दिनेछन
भगवान आफैले उनेर ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।