श्री बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा रामहिटी क्षेत्रको सडकमा परेको खाल्डाखुल्डी पुरियो

श्री बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा रामहिटी क्षेत्रको सडकमा परेको खाल्डाखुल्डी पुरियो

कपन अनलाइन
काठमाडौं, साउन ६  ।

भैसी आहल बस्न मिल्ने खाल्डा खुल्डी रामहिटी तीनचुली सडकको पहिचान जस्तै भैसक्या। हिंउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ। रामहिटी तीनचुली सडक खण्ड जीर्ण बन्दै गएको छ । समयमा नै मर्मत हुन नसक्दा उक्त सडक जीर्ण बन्दै गएको हो । रामहिटी तीनचुली चोक क्षेत्रका सडक सबै खाल्डा खुल्डीमा परिणत भएका छन ।

यहांको सडक ठुला ठुला खाल्डा भई कालोपत्रे उप्किंदै गएको देख्न सकिन्छ भने दुर्घटनाको जोखिम समेत उत्तीकै बढाएको छ । तर मर्मतका लागी कुनै सरोकारवाला निकायको ध्यान जान नसकेपछि स्थानियको आग्रह पश्चात श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको पहलमा उक्त सडक खण्डको रामहिटी क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिमा धेरै जनगुनासो आए सगै आज समितिका अध्यक्ष राजकुमार लामाको पहलमा उक्त सडक खण्डको रामहिटी क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको हो।

यो स्थायी समाधान नभए पनी तत्कालको लागी सडक अवगमनमा सहजता र दुर्घटना न्युनिकरणमा सहयोगपुगोस भन्ने हेतुले क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको हो ।

उक्त सडक चावहिल, चुच्चेपाटी हुदै नेपाल मेडिकल कलेज अत्तरखेल र राष्ट्रिय शहिद पार्क जगडोल निस्कने बाटो हो । सो सडकमा बढी मात्रामा बस र टेम्पो चल्ने गर्छन ।

तपाइँको प्रतिक्रिया ।