यु–१० फुटसल सुरु

यु–१० फुटसल सुरु

कपन अनलाइन
काठमाडौं, साउन ६  ।
स्वस्तिश्री गुरुकुलको आयोजनामा एसजी यु–१० ब्वाइज फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
पहिलो दिन स्वस्तिश्री ग्रिनले युरो स्कुललाई ३–०, आरबीएस ग्रिनले रिब्सलाई ५–१ र स्वस्तिश्री ओरेन्जलाई ३–०, आरबीएस रातोले स्वस्तिश्री रातोलाई ६–०, ब्रम्हकुञ्जले एक्सेल्सियरलाई ६–०, आरबीएस रातोले चेल्सीलाई २–० तथा चेल्सीले स्वस्तिश्री रातोलाई ४–० गोलले पराजित गरे । ब्रम्हकुञ्ज र जोन डेवीले गोलरहित तथा एक्सेल्सियर र जोन डेवीले १–१ गोलको बराबरी खेले ।

तपाइँको प्रतिक्रिया ।