दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन
काठमाडौं, साउन ५।
आशा त जीवनको बहुमुल्य घाम हो
परिश्रमबाट पाइने मूल्य माम हो
आशा बिनाको जीवन अति शून्य हुन्छ
खुशीयालीबाट पाइने मूल्य दाम हो ।

निरस जीवनमा घाम भए पनि लाग्दैन
शरीरले जति माम खाए पनि लाग्दैन
तसर्थ आशा नै प्रगतिको मुल हो
आशालाई छोडे दाम पाएपनि पाइदैन।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।