दशौँ अन्तर्राष्ट्रिय योग दिवस सफल पारौँ, सबैले भान्छा सुधारौँ : राधिका पन्त ‘राधाकृष्ण’ (लेख)

दशौँ अन्तर्राष्ट्रिय योग दिवस सफल पारौँ, सबैले भान्छा सुधारौँ : राधिका पन्त ‘राधाकृष्ण’ (लेख)

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

यस वर्षको अन्तराष्ट्रिय योग दिवस ‘महिला सशक्तिकरणको लागि योग’ भन्ने मूलनाराका साथ मनाउने निर्णय गरेको छ । विगत दश वर्षदेखि जुन २१ का दिन विश्वका अधिकांश मुलुकमा एउटै समयमा एउटै प्रोटुकल अनुसार योगका आसन व्यायम प्राणायामहरू गरी मनाउँदै आएको
छ ।
संयुक्त राष्ट्र संघको महासभामा योग ऋषि स्वामी रामदेव बाबाको प्रस्ताव माथि गहन छलफल गरी सबै विधामा गरिने पोस्चरहरूको छनोट गरी एउटा छुट्टै प्रोटुकल बनेको र त्यसैलाई आधार मानेर सबै राष्ट्रको सर्वसम्मतिमा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरी मनाउन थालेको दश वर्ष भएको छ ।
यस वर्ष हामी महिलाहरूलाई प्रोत्साहन दिने गरी अन्तर्राष्ट्रिय नारा बनेकोमा  सम्पूर्ण आमा, हजुरआमा, दिदी बहिनी, भाउजु बुहारी सबैको  हितमा आएको महशुस गरिएको छ ।
सायद आजसम्म जति पनि योगका सेन्टरहरू खुलेका वा बनेकाछन् ती सबै ठाउँमा महिलाहरूको उपस्थिति धेरै भएको पाएको छु । हजुरहरूलाई पनि अवगतै छ ।
पूर्वीय वाङ्मयको अमूल्य निधिन्याय दर्शन, साङ्ख्य दर्शन, मीमांस दर्शन, वेदान्तदर्शन, वैशेषिक दर्शन तथा योग दर्शनलाई षड्दर्शनकोरुपमा लिईन्छ । यिनै षड्दर्शनहरू मध्येको एक महत्वपूर्ण दर्शन योग दर्शन हो । यि छ वटा दर्शनलाई मान्यता दिने जतिलाई आस्तिक भनिन्छ । जम्मा नौ वटा दर्शन मध्ये अरु तीन वटा दर्शनलाई नास्तिक मानिन्छ ।
महर्षि पतञ्जलिले प्रतिवादन गरेका योग दर्शन १९५ वटा शुत्रका आधारमा विभिन्न योगका विधाहरू विश्वका योगीहरूले अनुशरण गरी संचालनमा ल्याएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गरिने अधिकांश पोस्चरहरू पतञ्जलि योग बाट नै  समावेश भएको पाइन्छ ।
महर्षि पतञ्जलिद्वारा सूत्रवद्ध  अष्टाङ्गयोगको मार्गलाई पुजनीय स्वामी रामदेव जी महाराजबाट व्यवहारपोयोगी बनाइ शारीरिक, मानसिक, बौद्धिक, उन्नतिको रुपमा स्थापित गर्दै  अगाडि
बढाउनु  भएको छ ।  हामीले पनि हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवस र असार ७ गतेलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन सफल भएका छौँ । सबै सबै योगप्रेमी प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
जीवात्मा तथा परमात्माको बोध गराउने क्षेत्र नै अध्यात्म हो । योगको माध्यमबाट स्वस्थ, संस्कारवान एवं  समृद्ध  नागरिक तयार गरी अध्यात्मको मार्गबाट अन्तराष्ट्रिय क्षेत्रमा भारत वर्षको तपोभूमि भनेर चिनिने हिमवत्खण्ड नेपालले योगमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ भनेर चिनाई रहेको छ अँझै शशक्तरुपमा अगाडि बढ्न सकोस् भनि यस वर्षको महिला शशक्तिकरणका लागि योग सबै मिलि सफल बनाऊँ हार्दिक शुभकामना ।
 महिलाहरूले अष्टाङ्ग योगको माध्यामबाट समाजमा रहेको अन्धविश्वास, अनैतिक चरित्र, अनिष्टकारी, भ्रष्टचारी समेतलाई यम, नियमभित्रका अहिंसा, सत्य, अस्तेय, ब्रम्हचार्य, अपरिग्रह बाहिरी अनुशासन र शौच, सन्तोष, तप, स्वधाय इश्वरप्रणिधान  भित्री अनुशासन आदि उपनियमहरूको बोध गराई  आयुर्वेदको ज्ञान गराई रोग लाग्नै नदिने र लागिहाले भने सरल तरिकाले उपचार गरी हरेक व्यक्तिको जीवन सहज र सुनौलो बनाउने काम योगको माध्यमबाट गरिरहेको
छ ।अँझै  सशक्त रुपमा गर्न सकोस् यही शुभकमना छ ।
समाजमा भएका र हुने गरेका तमाम रोगको उपचार योगले गरिरहेको देखिन्छ । मानसिक शान्ति सबैभन्दा पहिलो र उत्तम उपचार रहेछ ।
विश्वमा जति पनि द्वन्द्वझैँ झगडा, हिंसाप्रति हिंसा भएका छन् ती सबै मानसिक अशान्तिले हुने रहेछ । भनिन्छ जहाँ शान्ति हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ । जहाँ लक्ष्मीले बास हुन्छ त्यहाँ दरिद्रता रहदैन । क्षुद्र त हुँदैन । सुखशान्ति समृद्धिको उदय हुनेछ । जहाँ शान्ति छ त्यहाँ रोगले प्रवेश पाउँदैन । व्यक्ति स्वस्थ, परिवार स्वस्थ, समाज स्वस्थ हँुदै राष्ट्रलाई स्वस्थ बनाउन सकिन्छ । यसका लागि सर्व प्रथम भान्छा सुधार गर्न आवश्यक छ । सुध्रिएको भान्छाबाट स्वस्थ जीवनको  अपेक्षा गर्न सकिन्छ । सुध्रिएको भान्छा भन्नाले भौतिक सामग्रीले बनेको आधुनिक भान्छा भन्न खोजेको होईन । परिवार स्वस्थ बनाउन हाम्रो नेपालमा प्रायः दिदी बहिनी, आमाहरूको मुख्य हात रहनेछ । भान्छा सुधार गर्न सके हाम्रो पूरा परिवारको जीवन सुधार हुने पक्का छ । त्यसैले ढिला नगरी भान्छा सुधार कसरी गर्न सकिन्छ त्यसका उपायहरूको खोजी गर्दै जाऊँ ।
सामान्यतय भान्छा सुधार गर्नु भनेको भोजन व्यवस्थापन गर्नु पहिलो खुट्किला हो । यो अति जरुरी छ । जुन घरमा भान्छा अस्तव्यस्त छ त्यो घरको परिवारका सदस्यमा रोगले आक्रन्त पारेको हुनेछ । कुन समयमा कस्तो प्रकृतिको  कति भोजन गर्ने ? पानी कहिले कहिले कसरी कति सेवन गर्ने ? कुन मौषममा कुन प्रकारको भोजन उपयोगी हुन्छ ? कुन भोजनको गुण र दोष कस्तो कस्तो हुन्छ ? यी सबै कुरा भान्छा तयार पार्ने व्यक्तिलाई थाहा हुन आवश्यक हुने भएकोले  योगका माध्यामबाट महिलाहरूले धेरै कुरा शशक्त रुपमा कार्य गर्न सकिने भएकोले यस वर्षको मूल नारा नै महिला शशक्तिकरण भन्ने आएको छ । त्यसको लागि पहिला भान्छामा  शसक्तरुपमा परिवर्तन लागु गर्न सकियो भने समाज परिवर्तन गर्न सजिलो हुनेछ । जस्तो भोजन ग¥यो त्यस्तै विचार उत्पन्न हुने भएकोले विचार अनुसार व्यक्तिको कर्म निर्धारण हुनेछ । सात्विक भोजनबाट सकारात्मक विचार प्रवाह भए पछि  सानो प्रयासले ठुलो सफलता पाउन सकिन्छ ।
विस्तारै पछिल्ला लेखहरूमा लेख्दै जानेछु । आ आफ्नो स्थानबाट माथि उठेर,  एक आपसमा जुटेर दशौँ अन्तर्राष्ट्रिय योग दिवस सफल पारौँ । सम्पूर्ण देश विदेशमा रहनु हुने दिव्यजनहरूमा यहि लेखको माध्यमबाट सुस्वास्थ दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरि ॐ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।