शिवपुरी जङ्गलमा एक पुरुष मृत भेटिए

शिवपुरी जङ्गलमा एक पुरुष मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ ,फागुन २८।

तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।

फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा  मंगलबार तारकेश्वर नगरपालिका–३  पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

महर्जनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए । मृत्युको कारण भने नखुलेको प्रवक्ता बोहराले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।