गजल : गंगा खड्का

गजल : गंगा खड्का

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

जान त मलाई मारेर गयौ
मेरो नजरमा हारेर गयौ ।

भत्काई आफैँले हालेको जग
अनेक बाहनाहरू पारेर गयौ ।

दुई मुटु बिचमा फक्रेको फूल
निर्मोही बनी झारेर गयौ ।

सुनिनौ तिमीले हृदयको भाषा
कुराई दोबाटोमा टारेर गयौ ।

जिन्दगी सिङ्गै अर्पिन्छु भन्थ्यौ
नातामा उल्टै बार बारेर गयौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।