मुक्तक : लीलाराज दाहाल

मुक्तक : लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

हालखबर के छ, भन्न मिल्दैन?
भुसे चामल निफन्न मिल्दैन?
जोसुकैका हुन् के फरक पर्छ
आफन्तका चोट, गन्न मिल्दैन? ।।१।।

यादहरुका शृङ्खला कहाँसम्म छन्
सम्झनाका तवला कहाँसम्म छन्
यस्तै यस्तै सोचेर दिन काट्छु अचेल
सपनाहरूका तला कहाँसम्म छन् ! ।।२।।

फूल बनेर फुल्नु बिस्तारै बिस्तारै
आकाश जस्तै खुल्नु बिस्तारै बिस्तारै
प्रेम भनेको त यस्तो होस् न साइँला
आफूलाई नै भुल्नु बिस्तारै बिस्तारै ! ।।३।।

साँझमा प्यारको दीप जलाउने कुरा छ
तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ
नजाउ टाढा कतै बस दिलको वरिपरि नै
धेरैपछि आज खुसियाली मनाउने कुरा छ ! ।।४।।

मनै मरेपछि त सक्की गयो नि
जालमा परेपछि त सक्की गयो नि
सोच्दैथें हजुरको निगाह हुन्छ कि ममाथि
आँखै तरेपछि त सक्की गयो नि ! ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।