राष्ट्रघाती : उद्धव अविचल (कविता )

राष्ट्रघाती : उद्धव अविचल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

बेदनाको कथा भन्छु सुन्नु है त साथी
अन्याय नै धेरै भयो हाम्रो देश माथि ।
नेपाल आमा धरधर रोएकी छिन आज
किन कुरा बुझ्दैन खै स्वार्थी यो समाज ।

नदी बेचे जनता बेचे रैछ्न राष्ट्रघाती,
यस्ता नेता नेपालमा नजन्मे कै जाती ।

आफै डाक्टर आफै बैद्य कसले पो के गर्ने
छेपारो नै डराउँछ कस्तो रङ्ग फेर्ने ।।
साना माछा लगलग हुन्छ्न् ठूला माछा देखि
भगवानै सम्झिएर चढाउछन भेटी ।

धेरै खेल खेलीसके नेपाल आमा माथी
यस्ता नेता नेपालमा नजन्मेकै जाती ।

संविधान मान्दैनन् भो उन्का आफ्नै थिती
एउटै राम्रो काम हुन्न कस्तो राजनीति ।
सुन पनि पित्तल हुन्छ जब यिन्ले छुन्छन्,
जेल जाँदा हाँस्दै जान्छ्न् भित्र गर रुन्छ्न् ।

नेपालीलाई सुख छैन दिन होस् या राती
यस्ता नेता नेपालमा नजन्मेकै जाती ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।