नेपाली राहतको पछि लाग्ने छन् : कृष्ण काफ्ले (कविता )

नेपाली राहतको पछि लाग्ने छन् : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २९।

म गर्छु बिरोध गरे जस्तो
तिमी गर प्रतिरोध गरे जस्तो
मेरो पनि खोरको हिसाब मिलाउनु छ
तिम्रो पनि कपाल जोगाउनु छ
दाजु भाउजूलाई खुसी पार्नु पर्ने छ
एक दुई महिना पछि सबैले बिर्सने छ
उनीहरूको पनि कहिन कहि हिसाब मिलान हुनेछ
बाह्र भाइ तेह्र भाइ सबै चुप हुनेछन
वर्षाको सिजन आउदै छ
बाढी पहिरो अवश्य जानेछ ??
नेपाली राहत को पछि लाग्नेछन
नाटक गरि राखु है साथी इ सबै पच्ने छन
केहिन केही बैंक ब्यालेन्स हाम्रो बच्नेछन ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।