ट्रुंगग्राम इन्टरनेसनल एकेडेमीको एसइइमा उत्कृष्ट नतिजा

ट्रुंगग्राम  इन्टरनेसनल एकेडेमीको एसइइमा उत्कृष्ट नतिजा

कपन अनलाइन
काठमाडौं, असार १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ७  हात्तीगौडा स्थित ट्रुंगग्राम इन्टरनेसनल एकेडेमी ले एस.इ.इ परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयका ५० प्रतिशत विद्यार्थीहरूले एस.इ.इ मा A+ ग्रेड ल्याउन सफल भएका छन् भने, ४८ प्रतिशत विद्यार्थीहरूले A ग्रेड ल्याउन सफल भएका छन् साथै बाँकी रहेका अन्य विद्यार्थीहरूले B+ ग्रेड ल्याउन सफल भएका छन् जुन कुराको जानकारी विद्यालयका प्रधानाध्यापक उत्तम राज थापाले दिएका छन् ।

A+ ग्रेड ल्याउने विद्यार्थीहरूका रूपमा चारजना विद्यार्थीहरू रहेका छन् जसमा मेघा श्रेष्ठ जसले एस.इ.इ परीक्षामा 3.96 Gpa ल्याएकी छिन् भने त्यस्तै उत्सर्ग पराजुली समेत रहेका छन् जसले 3.88 Gpa ल्याई A+ ग्रेड ल्याउन सफल भएका छन् ।

त्यस्तै अन्जिका पौडेल ले 3.87 र जेनिस खतिवडाले समेत 3.87 Gpa ल्याई A+ ग्रेड ल्याउन सफल भएका छन् l विद्यालयका प्रधानाध्यापक उत्तम राज थापाका अनुसार यस वर्षको एस.इ.इ परीक्षाको नतिजा विद्यालयको इतिहासकै सर्वोत्कृष्ट एस.इ.इ नतिजा रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।