मेरिल्याण्ड इङ्गलिस स्कुललाई इन्टरनेसनल एक्सिलेन्स अवार्ड

मेरिल्याण्ड इङ्गलिस स्कुललाई इन्टरनेसनल एक्सिलेन्स अवार्ड

कपन अनलाइन
काठमाडौं, असार १६।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको  मेरिल्याण्ड इङ्गलिस स्कुलले  इन्टरनेसनल एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याएको सो विद्यालयलाई होटल र्याडिसनमा आयोजना गरिएको एक कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो।

नेपाल चेम्बर अफ कमर्स नेपाल वुमन चेम्बरले आयोजना गरेको कार्यक्रममा चर्चित भारतीय अभिनेत्री जय पर्दाले विद्यालयका अध्यक्ष झलकमान तामाङलाई उक्त अवार्ड प्रदान गरेकी थिइन्।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा र उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा  भएको सो कार्यक्रममा अभिनेत्री जय पर्दा सहित समाजसेवी अनुराधा कोइराला, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रदिप लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा मेरिल्याण्ड स्कुल सहित नेपाली र भारतीय कलाकार र विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।