गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ,असार १५।
लोभी बा भन्थें मैले फाटेको जुत्ता लगाएको देख्दा
अँगेनामा रातभरी बसी कठै ! चिसो सिरेटोलाई छेक्दा
थाहा थिएन बा ले यसरी दिनहुँ अभावलाई छेक्दैछन्
तैपनि रोएनन् कराएनन् जिम्वेबारीले घाँटी नेक्दा
आमाको चोली किन होला टालेको, धिपधिप टुकी बालेको
बुझिनछु फेरि कहिल्यै फुटेका हातगोडा अंगेनीमा सेक्दा
साथीहरुले गरे जस्तै गरि खानु लाउनु पथ्र्यो मलाई पनि
सम्झाउनु हुन्थ्यो बा–आमा प्रेमले जुटाएको खाना फेक्दा
सहनुभयो अभाव पिडा दुवैमिली सुनाउनु भएन कहिल्यै
ठुलै सपना साच्नुभएको रहेछ सन्तानले धर्ति टेक्दा
लाउनुभएन गहना आमाले जानुभएन बा पनि भट्टीमा
पढाउनु भयो छोराछोरी दंग बाआमा तिनले व्यवहार थेग्दा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।