चेल्सी र छाहारी स्कुललाई बोधिसदन अन्तरविद्यालय फुटसल प्रतियोगिता उपाधि

चेल्सी र छाहारी स्कुललाई बोधिसदन अन्तरविद्यालय फुटसल प्रतियोगिता उपाधि

 

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

बोधी सदन सेकेन्डरी स्कुल कपनको आयोजनमा सम्पन्न अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि चेल्सी वर्ल्ड  स्कुल र छाहारी स्कुल काठमाडौंले जितेको छ ।
कपन स्पोर्ट्स सेन्टरमा सोमबार सम्पन्न खेलमा जोरपाटीस्थित अतरखेलको चेल्सीले नितेन मेमोरियल हाई सेकेन्डरी स्कुल टोखा र जोरपाटीको छाहारीले आयोजक बोधी सदनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
चेल्सीले सडन डेथमा नितेनलाई ४–३ गोलअन्तरले पराजित ग¥यो । खेलको पहिलो हाफमा साहिल तामाङले गोल गर्दै नितेन मेमोरियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बिमर्श बम ठकुरीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा चेल्सीले बाजि मा¥यो ।
चेल्सीका आदित्य साह, पल्लभ लामा, मानस सापकोटा र बिमर्श बम ठकुरीले गोल गरे । नितेनका सुमन सुनार, अर्जुन नेपाली र विवेक थापाले गोल गरे । नितेन मेमोरियलका करण नेपालीको प्रहार चेल्सीका यशराज साहले बचाए ।
अर्को खेलमा बोधी सदनले छाहरीलाई २–० गोलअन्तरले पाखा लगायो । छाहारीका डिक्की स्याङ्बो तामाङ र सविना घिसिङले समान एक गोल गरिन् । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी बिमर्श बम ठकुरी घोषित भए । उत्कृष्ट गोलरक्षक नितिन मेमोरियलका साजन दनुवार चुनिए ।
महिलातर्फ उत्कृष्ट खेलाडी छहारीकी डिक्की स्याङ्बो तामाङ घोषित भइन् । उत्कृष्ट गोलरक्षक बोधी सदनकी अस्मिता खडिवडा चुनिइन् । प्रतियोगितामा छात्रतर्फ ४८ तथा छात्रातर्फ २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तपाइँको प्रतिक्रिया ।