चिशंखुगढी गाउँपालिका ५ ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो : १ जनाको मृत्यु, २ घाइते

चिशंखुगढी गाउँपालिका ५ ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो : १ जनाको मृत्यु, २ घाइते

कपन अनलाइन

काठमाण्डौ ,असार १२।

ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरीले मृतकको लास घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाल जनाएको छ  । पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।