मोबाइल : वन्दना पौडेल (कविता)

मोबाइल : वन्दना पौडेल (कविता)

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

घरमा मेरा बुबाआमा मोबाइलमा व्यस्त ।
नजानेर सोध्छु उहाँ भन्नुहुन्छ आफैँ लेख त
पढाउने नि होइन मलाई लेखाउने नि होइन ।
मोबाइल भन्दा मेरो माया कत्ती पनि छैन ।।

लेख्न बस्छु पढ्न बस्छु धेरै गुहार माग्छु
सोध्दा पनि नसिकाएसी कपिकलम राख्छु ।
भन्नुहुन्छ उ बेलामा डिग्री मैले गरे ।
घरमा पनिफूर्ति कति मैले धेरै पढे ।।

सोध्छु ममी डिग्री गरि सिकाएको खै त
बल्लबुझेँ डिग्री पास मार्कसिटमा रैछ ।
स्कुलबाट घरमा जान्छु बसमा मन छैन ।
सुख शान्ति पूर्ण घरको वातावरण पाइन ।।

बुबाआमा घरको वातावरण मिलाउ भन्छु ।
शान्तिपूर्ण वातावरण आउने दिन गन्छु
आमामलाई यस्तो डिग्री अब गर्नु छैन ।
मोबाइलभन्दा मलाई मायाकहिल्यै गर्ने होइन ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।