बुढानिलकण्ठमा नेकपा एमालेको किल्ला मानिने वडा नं १२ यस पटक पनि जिल्ला सदस्य बिहिन

बुढानिलकण्ठमा नेकपा एमालेको किल्ला मानिने वडा नं १२ यस पटक पनि जिल्ला सदस्य बिहिन

कपन अनलाइन
काठमाडौं, जेठ ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट यस पटक पनि कुनै नेता जिल्ला कमिटीमा निर्वाचित बन्न नसक्दा यो वडा जिल्ला कमिटी सदस्य बिहिन बनेको छ।

२०५४ सालको स्थानीय निकायको निर्वाचन र २०७४ तथा २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्यानल सहित जनप्रतिनिधि निर्वाचित गराएर नेकपा एमालेको किल्लाका रुपमा पहिचान बनाएको वडा नं १२ सातौ जिल्ला अधिवेसनबाट पनि जिल्ला सदस्य बिहिन बनेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट उम्मेद्वारी दिएका देवेन्द्र थापा र सिपि आचार्य जिल्ला सदस्यमा पराजित बने संगै सो  वडा जिल्ला सदस्य बिहिन हुन् पुगेको हो।

नेकपा एमालेको मजबुत संगठन भएको वडाका रुपमा पहिचान बनाएको बुढानिलकण्ठ -१२ ले धेरै प्रभावशाली नेताहरुले पार्टी छोड्दा पनि जितको गरिमा कायम राखेको थियो।

क्षेत्रफलका आधारमा नगरपालिकाको  सबैभन्दा सानो वडा  भएपनि राजनीतिक रुपमा प्रभावशाली मानिएको वडा नं १२ मा नेकपा एमालेको  काठमाण्डौ जिल्ला सदस्य नहुदा निरन्तर नेतृत्व विकासको प्रयासलाई अशर पुगेको यहाँका नेता कार्यकर्ताहरुले गुनासो गर्दै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।