प्राय सबैको घरमा यस्तै हुन्छन् बुढाहरु : दिवाकरप्रसाद आचार्य ( कविता )

प्राय सबैको घरमा यस्तै हुन्छन् बुढाहरु : दिवाकरप्रसाद आचार्य ( कविता )

कपन अनलाइन
काठमाडौं, जेठ १९।

घरमा एउटा बुढो छ ।
हेर्दा साह्रै पुक्खल छ ।
सहयोग केही गर्दैन ।
सिन्को सम्मनि भाँच्दैन ।

कहिलेकाहीँ खोक्दछ ।
दुष्कर्मबाट रोक्दछ ।
खान बोलाउँदा गैहाल्छ ।
खाएर थातमा आइहाल्छ ।

माछा मासु खाँदैन ।
बाहिर प्राय जाँदैन ।
दिउँसो टिभि हेर्दैन ।
दिनमा कहिल्यै सुत्दैन ।

कोठामा एक्लै बस्दछ ।
विरलै कविता रच्दछ ।
आँखा राम्रो देख्दैन ।
कान नि राम्रो सुन्दैन ।

वानी ब्यहोर राम्रो छ ।
मानिस निकै चाम्रो छ ।
धेरै वा थोरै भन्दैन ।
ठासठुस केही गर्दैन ।

शान र मान खोज्दैन ।
चेवाचर्चा गर्दैन ।
बिहान छिटै नै उठ्दछ ।
नुहाई शङ्ख फुक्दछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।