गजल : गङ्गा आचार्य सापकोटा

गजल : गङ्गा आचार्य सापकोटा

कपन अनलाइन
काठमाडौं, जेठ १९।

कहाँ बस्न सक्थेँ अरूको म भरमा
गरी यत्न उठ्दै छु आफ्नै पयरमा

भलो गर्न खोजेँ अहोरात्र जसको
म बन्दै छु दोषी उसैको नजरमा

हुँदा सम्झना भित्र मनमा कसैको
भएँ तड्पिराख्ने म चारै प्रहरमा

कहर जिन्दगीका छिचोल्दै छिचोल्दै
रहर पुग्दछ्न् माथि उड्दै सगरमा

जता टेक्न खोजेँ उतै ठेस लाग्यो
म लड्दै उठेँ जिन्दगीका सफरमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।