नदी: अरुणबहादुर खत्री नदी (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ १३।
रातभरि दिनभरि
साँझ बिहान हरपल
अविरल बगिरहन्छ
कहिल्यै नथाक्ने गरी
आफ्नै सुरमा
आफ्नै तालमा
उर्लिएको भेल भएर
कहिले शान्त सुस्थिर भएर
बगिरहेछ बगिरहेछ
कहिले छाल बनेर
कहिले ताल बनेर
धेरैधेरै टाढासम्म
बगिरहेछ बगिरहेछ
कहिले कसैको प्यास बुझ्दैछ
कसै कसैको जमिन रसाउदै
रिसाएको बेला भेल बगाउदै
बगिरहेछ बगिरहेछ
केही पनि थाहा छैन
न त नदीलाई पर्वाह छ
आफू पुग्ने ठाउं
अनि आफ्नो गन्तव्य
यसको कुनै सीमा छैन
जता बाटो पायो उतै बग्ने
आफ्नै तालमा बगिरहने
आफ्नै वेगमा आफ्नै सुरमा
कहिल्यै नफर्किने गरी
मनमस्त भई बगिरहने
न त भूगोलमो सीमा मतलव छैन
न त देशको सीमाले रोकेको छ
सबैलाई बाँधेर आफ्नै तालमा
बगिरहेछ बगिरहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।