बुढानिलकण्ठ -२ गायत्री मन्दिर (पार्क ) मा सत्सङ्ग कार्यक्रम शुभारम्भ

बुढानिलकण्ठ -२ गायत्री मन्दिर (पार्क ) मा सत्सङ्ग कार्यक्रम शुभारम्भ

कपन अनलाइन

काठमाडौं, जेठ १३।

बुढानिलकण्ठ  नगरपालिका वडा नं २ गायत्री मन्दिर (पार्क ) मा सत्सङ्ग कार्यक्रम शुभारम्भ भएको छ। हरेक महिनाको दोश्रो सनिवार दिउसो ४ बजे देखि हुने सो  सत्सङ्ग कार्यक्रमको जेष्ठ १२ गते सनिवार शुभारम्भ गरिएको हो।

गायत्री मन्दिर रहेको स्थानमा  पण्डित कपिल प्रसाद लामिछानेको अध्यक्षतामा भएको सो सत्सङ्ग कार्यक्रम शुभारम्भको अवसरमा स्वामी गुन्जन प्रमुख अतिथि रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का सदस्य राम बिनोद लामिछाने ( बिनोद ) सहित स्थानीय भक्तजनहरुको उपस्थितिमा भएको सो शुभारम्भ कार्यक्रममा विभिन्न विषयहरुमा सत्सङ्ग गरिएको जानकारी दिदै कृष्ण प्रसाद लामिछानेले हरेक महिना दोश्रो सनिवार नियमित सत्सङ्ग हुने बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।