गजल : गङ्गा आचार्य सापकोटा

गजल : गङ्गा आचार्य सापकोटा

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

न त सग्लो न त हेर्दा आधा हुन्छ
जस्तो वस्तु छ त्यस्तै छाया हुन्छ ।
उनको मनको बात नबोली बुझ्छु
आँखाको पनि आफ्नै भाषा हुन्छ ।
हुन्न यथार्थ कसैको पनि उस्तै नै
जस्तो मनमा सुन्दर सपना हुन्छ ।
उसलाई कसरी मित्र भनूँ मैले
जसलाई अति जलन म हाँस्दा हुन्छ ।
गर्दछ जसले योग प्रणायाम सधैँ
उसको तन चङ्गा मन गङ्गा हुन्छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।