ईश्वरसँग गुनासो : कमला श्रेष्ठ (कविता )

ईश्वरसँग गुनासो : कमला श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

फुलको थुंगा जसतो रैछ हाम्रो जिन्दगानी पनि ।
कोई फुल्ने बासना चल्ने कोई झरी जाने अनि ।
कोई हुने धनिमानी कोई हुने गरीब माग्ने
ईश्वरले श्रृष्टी गरे किन यस्तो फरक पारे ।

कोई हिडने मोटर गाडी कोई हिडने पैदलमा ।
कोई उड्ने हबाई जहाज कोई उडने रकेटमा ।
कोई हुन्छन् लखपति कोई हुन्छन् खरब पति ।
कोई दिनभर काम गरेनि रितो हुन्छ सँधै गोजि ।

ईश्वरको शन्तान हामी भेदभाब यस्तो किन ।
मानिसको गल्ति कहाँ सकिननी मैले चिन्न ।
गरीबको जिन्दगानी लाउन खान सँधै दुख ।
बिन्ति गर्छु इश्वर तिमलाई हवस सबैलाई सुख ।

दुई दिनको जिन्दगानी हासि खेलि बाचुन सबै ।
मानिसको बिघन बाधा हटाईदेउ प्रभु आफै ।
प्रभु तिम्रो सन्तानको किन फरक जिन्दगानि ।
कोई बस्ने महलमा कोईको हुन्न झोपडिनी ।

ईश्वर तिमले आफनो लिला कहा बसि गरेका छौ ।
बिह्वल जीवन हुन्छ भने मानिसलाई जन्म नदेउ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।