इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच सम्झौता

इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच सम्झौता

कपन अनलाइन

काठमाण्डौ,चैत २०।

इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ । काठमाडौँ चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच विद्यालयमा आधुनिक तथा समय सापेक्ष शिक्षण सिकाइ गर्ने/गराउने सम्बन्धमा सम्झौता भएको हो । विद्यालयका तर्फबाट संस्थापक प्रधानाध्यापक  रविन दाहाल र विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समय सापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरुको पढाइमा अभिरुचि बृद्धि गर्नका लागि स्टिम  विधिलाई अझ प्रभावकारी रुपमाअवलम्बन गर्न लागिएको विद्यालयका संस्थापक प्रधानाध्यापक  रविन दाहालले जानकारी दिएका छन  ।

विश्वविद्यालय र विद्यालयबीचको सम्झौतामा हस्ताक्षर गर्दैनिजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताए ।
समय सापेक्ष विश्वबजारमा दक्ष जनशक्तिको मागलाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षाप्रदान गर्ने विद्यालयको लक्ष हासिल गर्न काठमाडौँ विश्वविद्यालय र विद्यालय बीच सम्झौता भएको विद्यालयकी  कार्यकारी निर्देशक संगीता सिंह दाहालले जानकारी दिएकी छन  ।

तपाइँको प्रतिक्रिया ।