टुक्का कविता : ललिता ‘दोषी’

टुक्का कविता : ललिता ‘दोषी’

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

साहित्यले देखाउँछ नयाँनयाँ बाटो
दुखिरहेको घाउमा लगाउँछ खाटो ।।१।।

साहित्य नै साथी मेरो रम्छु उसैसँग
बनिदिए टुक्का कविता पर्छु म दङ्ग ।।२।।

कुहूकुहू कोइलीले गीत गाएको
आज मेरो मनभरि खुसी छाएको ।।३।।

खुसी हुन्छ मनभित्र दुःख मनभित्र
बनाएँ नि रङ्गभरी बिहानीको चित्र ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।