दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

यो सप्त रङ्गले रंगिएको मिठास पर्व होली
यो एकताले बाधिएको मिठास पर्व होली
मनाउदैछौ हामी सबै देशमा खुशीयाली
हामी सबै नै रमाएको मिठास पर्व होली

देश त्यसै जाग्दैन जबसम्म दानव मर्दैन
प्रगति त्यसै आउदैन जबसम्म दानव मर्दैन
रण नोती खेले दानवले बिजय झण्डा पाउन
सच्चा मानव बन्दैन जब सम्म दानव मर्दैन

होलिका जलिन दनदनी पावनभुमी स्वर्ग भयो
रावण घुमे फनफनी पावम भुमी स्वर्ग भयो
अहंकारले गर्दा दस शिर छेदन भयो
विश्व मै चल्यो सन सनि पावन भुमी स्वर्ग भयो

संसारै स्वर्ग भयो अत्याचारी दानव मारी
बिजय झण्डा गाडियो बेबिचारी दानव मारी
खुशीको रंग खेले सारा जगतै रमाइलो
सौहाद्रता भाव जाग्यो अत्याचारी दानव मारी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।