विद्यार्थीको बानी : वन्दना पौडेल (कविता )
कपन अनलाइन
काठमाण्डौ,चैत १७।
शिक्षकभन्दा मैजान्नेछु भन्छौ बसेर ।
पढ्ने बेला पढ्दैनौ कम्मर कसेर ।
साथीसँग छुस्स छुस्स निउ खोजेर
के पाउछौँ र तिमीले झगडा रोजेर ।
किन पढ्ने किन लेख्ने भन्छौ बसेर
विदेश गई पढ्छु मैले कम्मर कसेर ।
शिक्षक आए कक्षामा बोल्छौ झर्केर ।
शुद्वद्ध लेख भन्यो भने बोल्छौ कड्केर ।
तिम्ले राम्रो नपढ्दा हुन्छ चसक्क ।
परीक्षाको दिन मात्र हुन्छौ झसक्क ।
शिक्षक आई कक्षामा बोल्नै हुँदैन ।
राम्रो पढ भन्ने कुरा खोल्नै हुँदैन ।
को पढेर ठुलो भाछ जवाफ दिदैछौ ।
आखिर यस्तो शिक्षा तिमी किन लिदैछौँ ।
आइसक्यो एसईई भनी शिक्षक कराउँछन् ।
अलि पढ्दिन्छन् कि भनी त्यसै सराउँछन् ।
यो गरे नी हुन्न तिम्लाई उ गरेनी हुन्न ।
जति सम्झाए बुझाए पनि त्यो मनमा छुन्न ।
अती भो ती तुच्छ वचन सुन्नै सक्दिन
जे गरेनी नहुनेलाई अब रोक्दिन ।
जे गर्नु छ बाबू नानी आफैँ गर है ।
जे भए नि जीउनुपर्छ अलि पढ है ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक