निर्वाचनमा बुढानिलकण्ठलाई पहिलो बनाएका प्रदीप प्रदेसको संगठनमा पनि पहिलो बन्ने प्रयासमा

निर्वाचनमा बुढानिलकण्ठलाई पहिलो बनाएका प्रदीप  प्रदेसको संगठनमा पनि पहिलो बन्ने प्रयासमा

कपन अनलाइन

काठमाण्डौ,चैत १६।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाण्डौ जिल्ला मै सबैभन्दा बढी जनप्रतिनिधि निर्वाचित गराउन सफल बनेका नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदीप डंगोल संगठनमा पनि बागमती प्रदेस मै पहिलो बन्ने ऐतिहासिक अवसरको नजिक रहेका छन।

काठमाण्डौ जिल्लामा पहिलो वडा अधिवेसन सहित सबै वडामा अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनेको बुढानिलकण्ठ नगर कमिटीको नेतृत्व गरेका डंगोलले बागमती प्रदेस कमिटी अन्तर्गतका ११९ तह मध्य अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनाउने अवसर पाएका छन।

काठमाण्डौ जिल्लामा अधिवेस्सन गर्ने पहिलो नगर कमिटी बन्न लागेको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष रहेका उनले २०४९ साल जेठ २९ गतेबाट औपचारिक रुपमा संगठित पार्टी जीवन सुरु गरेका थिए।

वडा सक्रिय दल सदस्य ,उपसचिव हुदै वडा कमिटीको सचिव बनेका डंगोल २०५३ सालमा इलाका कमिटीको उपसचिव बनेका थिए। हाल बुढानिलकण्ठ नगरपालिकामा रहेका बरिष्ठ नेताहरुको नेतृत्वमा काम गरेका डंगोलले साविक खड्का भद्रकाली गाउँ कमिटीको सचिवको जिम्मेवारी समेत बहन गरेका थिए।

नेकपा कालिन समयमा नगर कमिटीको सचिव बनेका उनले बुढानिलकण्ठ नगर कमिटीमा अध्यक्षको जिम्मेवारी बहन गर्दै २०७९ सालमा नगर प्रमुख उपप्रमुख सहित सानदार बहुमत दिलाउदै नेकपा एमालेलाई जिल्ला मै पहिलो नगरपालिका बनाउने अभियानको नेतृत्व गरेका थिए।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसनमा पनि अध्यक्षको आकांक्षी रहेका डंगोलले आगामी दिनमा संगठनलाई प्राथमिकता दिदै तिन तहको निर्वाचनमा विजयी बन्ने योजना सहित आफ्नो दावी रहेको बताउदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।